काठमाडाै । शिवम् सिमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले साढे १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख ८० हजार ५०० रुपैयाँको १० प्रतिशत बराबर हुन आउने ५४ करोड ५६ लाख ८० हजार ८५० रुपैयाँ नगद (कर सहित) र २.५० प्रतिशका दरले हुन आउने १३ करोड ६४ लाख २० हजार २१२ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको थियो ।
यस्तै साधारण सभाबाट कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१-८२ को लेखापरिक्षणको प्रतिवेदन एवं आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभाको निर्णय बमोजिम वोनस शेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी वृद्धि भई ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ ५० पैसा कायम हुनेछ ।
आर्थिकन्यूज