शीर्षकहरू

हिमालयन लघुवित्तले ७ प्रतिशत लाभांश वितरण गर्ने

हिमालयन लघुवित्तले  ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये ६.६५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.३५ प्रतिशत नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।