शीर्षकहरू

खानीखोलाको हकप्रद, कामना सेवाको बोनस सेयर नेप्सेमा सूचीकृत

खानीखोलाको हकप्रद, कामना सेवाको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पननी लिमिटडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको शतप्रतिशत (१०० प्रतिशत) बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।

कामना सेवा विकास बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको १० प्रतिशत बापतको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।