शीर्षकहरू

नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको मन्त्री घिसिङले गरे निरीक्षण

नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको मन्त्री घिसिङले गरे निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् ।

शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् ।

उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरि ठेक्का सम्झौता बमोजिम समयमा निर्माण सम्पन्न गरि नमुना परियोजनाको रुपमा उदाहरणीय रुपमा प्रस्तुत हुने गरि कार्य अघि बढाउन आग्रह गरे ।

४२० मिटर लम्बाइ रहेको उक्त पुल १ अर्ब ६९ करोड लागतमा बन्न लागेको छ भने पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भैरहेको छ ।

पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पूलको निर्माण २०८४ जेठ भित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ । पुलको लम्बाइ ४२० मिटर रहेको छ ।

पुलको मुख्य बिशेषताको रुपमा दुइ ठुला पाइलोन कन्क्रिट टावरमा स्टे–केवलबाट पुललाइ सपोर्ट गर्ने सिस्टम रहेको छ । यसैगरी मन्त्री घिसिङले नारायणी तटबन्दको बिषयमा पनि जानकारी लिएका छन् ।