शीर्षकहरू

तरलता व्यवस्थापनमा सकश कायमै, १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनमा सकश कायमै, १० दिनका लागि ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले आज अर्थात् मंसिर २८ गते ३५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १०दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

यस निक्षेपको बोलकबोल अनलाइनमार्फत हुनेछ भने ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस्तै, साँवा तथा ब्याज भुक्तानी पुस ९ गते हुने केन्द्रीय बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

राष्ट्र बैंकनिक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ ।