काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य दुई हजार दई सय रुपैयाँले बढेको छ ।आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
त्यसैगरी, ऐतिहासिक विन्दुमा पुुगेको चाँदीको मूल्य घटेको छ । आइतबार चाँदी तोलामा ८० रुपैयाँले घटेसँगै प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आर्थिकन्यूज