काठमाडौं । गत असोजमा आएको बाढीले बीमा कम्पनीहरुमा परेको दाबीमध्ये बीमा कम्पनीले एक करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार १७ मंसिरसम्ममा बीमा कम्पनीहरुले ६७ वटा दाबीको रकम भुक्तानी गरेका हुन् । सो अवधिमा कम्पनीहरुमा चार अर्ब ३ करोड ९८ लाख रुपैयाँ दाबी परेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले सम्पत्ति बीमामा परेको दाबीमध्ये २० वटा दाबीको ८२ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको दाबीमध्ये ६ वटा दाबीको एक करोड ९० लाख, कृषि बीमामा परेको दाबीमध्ये ३१ वटा दाबीको १३ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ । मोटर बीमा ८७ लाख २७ कजार भुक्तानी भएको छ भने सामुन्द्रिक बीमामा दुई लाख ६२ हजार रुपैयाँ भुक्तानी भएको छ ।
तथ्यांक अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले तीन वटा दाबी बराबर ७३ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सले पनि तीन वटा दाबीको ६४ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सात वटा दाबीको ५२ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिमालयन इन्स्योरेन्सले दुई वटा दाबीको ४० करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
दि ओरियण्टल इन्स्योरेन्सले २९ वटा दाबीको २१ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ वटा दाबीको १७ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ । सगरमाथा इन्स्योरेन्सले आठ वटा दाबीको १३ करोड ८१ लख रुपैयाँ भुक्तानी गरेको छ ।
जिल्ला अनुसार काठमाडौमा जिल्लामा सबैभन्दा धेरै भुक्तानी भएको छ । तथ्यांक अनुसार कम्पनीहरुले काठमाडौमा जिल्लामा गरेको दाबी भुक्तानी ५८ लाख ३८ हजार रुपैयाँ रहेको छ । इलाम जिल्लामा ३० लाख ६९ हजार, सुनसरी जिल्लामा ११ लाख ५६ हजार, पर्सा जिल्लामा १८ लाख १५ हजार, काभ्रेपलान्चोकमा १६ लाख, मकवानपुर जिल्लामा १४ लाख, सोलुखुम्बु जिल्लामा २९ लाख २३ हजार रुपैयाँ दाबी भुक्तानी भएको छ।
आर्थिकन्यूज