शीर्षकहरू

पूर्व सांसद चालिसेमाथि भ्रष्टाचार आरोप

पूर्व सांसद चालिसेमाथि भ्रष्टाचार आरोप

काठमाडौं । कांग्रेस नेता तथा निवर्तमान सांसद सन्तोष चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आइतबार चालिसे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले चालिसे विरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गर्दै सोही रकम बराबर जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको माग गरेको छ।

चालिसे २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।