शीर्षकहरू

नेपालगञ्जमा डिपल एस फाइभ र नामी भिगो सार्वजनिक

नेपालगञ्जमा डिपल एस फाइभ र नामी भिगो सार्वजनिक

नेपालगञ्ज । नेपालमा डिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले पश्चिम नेपालमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै नेपालगन्जमा डीपल एस फाइभ र नामी भिगो औपचारिक रूपमा लन्च गरेको छ। यो लन्च कार्यक्रम नेपालगञ्ज क्षेत्रका लागि आधिकारिक डिलर तथा व्यवसायीक साझेदार पानस अटोमोटिभसँगको सहकार्यमा सम्पन्न भएको हो। 

उक्त कार्यक्रममा नेपाल सरकारका स्थानीय प्रतिनिधि, व्यवसायी, ग्राहक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एभएनसीसीअइ नेपालगञ्जका अध्यक्ष टंकनाथ धामी र विशेष अतिथि एफएनसीसीअइ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराई थिए । एमएडब्लू ग्रुपको तर्फबाट एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू ग्रुप प्यासेन्जर डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त तथा एमएडब्लू वृद्धि अटोकोर्पका ज्ञानेन्द्र चन्दको उपस्थिति रहेको थियो।

पानस अटोमोटिभको तर्फबाट कार्यक्रममा सहभागिता जनाउनु भएका अध्यक्ष ज्ञानेन्द्र खनाल र प्रबन्ध निर्देशक आयुष खनालले पश्चिम नेपालमा ईभी इकोसिस्टम विकासप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए ।

यस वर्षकै चर्चित विद्युतीय एसयूभी मध्ये एक डीपल एस फाइभ अब नेपालगञ्जमा उपलब्ध भएको छ। आराम, प्रविधि र प्रदर्शनका लागि परिचित यस एसयूभीमा सीएएलटीको गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.० प्रयोग गरिएको छ, जसले लामो ब्याट्री आयु र उच्च टिकाउपन प्रदान गर्छ। सहर तथा राजमार्ग दुवैका लागि उपयुक्त यस गाडीमा भेन्टिलेटेड र हिटेड फ्रन्ट सिट, जिरो–ग्राभिटी मोड सहितको क्विन को-पाइलट सिट, रिमोट इन-एण्ड-आउट पार्किङ, लाइभ नेभिगेसनसहितको एअर एचयूडी, तथा पूर्ण इन्टरनेट कनेक्टिभिटी भएको १४.४-इन्च टचस्क्रिन जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन्, जसले प्रिमियम र फ्युचर–रेडी ड्राइभिङ अनुभव प्रदान गर्छ।

डीपल एस फाइभ सँगै, एमएडब्लू वृद्धि मोटर्सले आफ्नो क्षेत्रीय साझेदार पानस अटोमोटिभमार्फत डोंगफेंगको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित स्मार्ट विद्युतीय एसयूभी नामी भिगो पनि सार्वजनिक गरेको छ। म्याजिक क्युब डिजाइन सहितको आकर्षक बनावट, ९९ किलोवाट क्षमताको शक्तिशाली मोटर, र ३५० किमीसम्मको रेञ्ज दिने दुईवटा ब्याट्री विकल्पले भिगोलाई अरूभन्दा फरक बनाउँछ। हेभन एण्ड अर्थ टेलगेट, म्युजिकसँग मिल्ने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, ३० देखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा फास्ट चार्ज हुने क्षमता र थप सुरक्षा तथा आत्मविश्वासका लागि लेभल २ एडीएएस यसका प्रमुख विशेषता हुन्।

नेपालगञ्जका लागि पानस अटोमोटिभलाई आधिकारिक वितरकका रूपमा नियुक्त गरिएसँगै, अब यस क्षेत्रका ग्राहकहरूले डीपल र नामी दुवै गाडीहरूको बिक्री, सर्भिस, टेस्ट ड्राइभ तथा आफ्टर–सेल्स सपोर्ट आफ्नै ठाउँमा सहजै प्राप्त गर्न सक्नेछन्।

डीपल एस फाइभको मूल्य ब्ल्याक इन्टेरियरका लागि ५६ लाख ९९ हजार र ओरेन्ज इन्टेरियरका लागि ५७ लाख ९९ हजार तोकिएको छ। नेपालगञ्जका लागि विशेष लन्च अफर अन्तर्गत ब्ल्याक इन्टेरियर ५५ लाख ९९ हजार र ओरेन्ज इन्टेरियर ५६ लाख ९९ हजारमा उपलब्ध हुनेछ।

त्यसैगरी, नामी भिगो इ२को मूल्य ३८ लाख ९९ हजार र इ२ प्लस भेरियन्टको ४१ लाख ९९ हजार निर्धारण गरिएको छ। लन्च अफर अन्तर्गत नेपालगञ्जमा भिगो इ२ ३७ लाख ९९ हजार र इ२ प्लस ४० लाख ९९ हजारमा उपलब्ध हुनेछ।