शीर्षकहरू

प्रदेशसँग ६० अर्ब स्रोत, चार महिनामा खर्च २१ अर्बमै सीमित

प्रदेशसँग ६० अर्ब स्रोत, चार महिनामा खर्च २१ अर्बमै सीमित

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रदेश सरकारहरूले उल्लेख्य मात्रामा स्रोत जुटाए पनि खर्चको गति भने सुस्त देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिकसम्म ७ वटै प्रदेश सरकारले जम्मा २१ अर्ब ४१ करोड रुपैयाँ मात्र खर्च गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार सोही अवधिमा प्रदेश सरकारहरूको कुल स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यसबाट खर्चभन्दा करिब तीन गुणा बढी रकम प्रदेश सरकारहरूसँग उपलब्ध रहेको देखिन्छ ।

प्रदेश सरकारको स्रोतमा मुख्य हिस्सा संघीय सरकारबाट प्राप्त अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वको रहेको छ । ती शीर्षकबाट ४७ अर्ब ३ करोड रुपैयाँ प्रदेशमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसका अतिरिक्त प्रदेश सरकारले आफ्नै स्रोत तथा अन्य माध्यमबाट १२ अर्ब ४८ करोड रुपैयाँ राजस्व परिचालन गरेका छन् । तर पर्याप्त स्रोत हुँदाहुँदै विकास तथा सेवा प्रवाहका कार्यक्रमले अपेक्षित गति लिन नसकेको संकेत प्रारम्भिक तथ्यांकले गरेको छ ।