शीर्षकहरू

जतिसुकै रकमको आवसीय घरका लागि 'लोन टु भ्यालु रेसियो' ७० प्रतिशत

जतिसुकै रकमको आवसीय घरका लागि 'लोन टु भ्यालु रेसियो' ७० प्रतिशत

काठमाडौं । जतिसुकै रकमको आवसीय घर निर्माणका लागि लोट टु भ्यालु रेसियो ७० प्रतिशत नै लागु हुने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै अब जतिसुकै रकमका आवासीय घरका लागि लोन टु भ्यालु रेसियो ७० प्रतिशत नै रहने व्यवस्था गरेको छ । 

यसैगरी, नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुर परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा लोन टु भ्यालु रेसियो ७० प्रतिशत नै हुने जनाइएको छ । 

'जतिसुकै रकमका निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीहरुर परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिनेछ ।’ निर्देशनमा भनिएको छ ।'

यस बाहेक अन्यको हकमा रियलस्टेट कर्जाको लोन टु भ्यालु रेसियो ५० प्रतिशत कायम रहने उल्लेख छ ।