शीर्षकहरू

योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व ईडी डा. श्रेष्ठ नियुक्त

योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका पूर्व  ईडी डा. श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठ यस अघि आयोगको सदस्य थिए । उनी नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा थिए । गभर्नर बन्नका लागि नै उनले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, पछि सरकारले गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । 

आजै बसेको मन्त्रिपरिषदको बैठकले आयोगको सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठलाई नियुक्त गरेको छ ।