काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१।८२ उन्नााईसौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । सोमबार साधरणसभामा शेयर धनीहरुलाई चुक्ता पूंजीको ३.२५ प्रतिशत बोनस शेयर र नगद लाभांश स्वरुप ९.७५ प्रतिशत (कर सहित) उपलव्ध गराउने प्रस्ताव समेत साधरणसभाबाट पारित गरेको बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१।८२ कृषि विकास बैंक लिको उन्नाईसौ बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष डिम प्रसाद पौडेले अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधरणसभामा वक्ता रुपमा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तीरमण पराजुली लगायत ९ जनाले आफनो भनाई राख्नु भएको थियो ।
बैंक संचालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा.हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई , रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
आर्थिकन्यूज