वीरगञ्ज । एक्का बिहानै महानगरपालिकाले बीपी उद्यानमा डोजर चलाए पछि तरकारी व्यवसायीले कडा प्रतिरोध गरेका छन । ठुलो संख्यामा नगर प्रहरीको परिचालन सहित बीपी उद्यान क्षेत्रमा डोजर प्रयोग गरी घरटहरा भत्काइए पछि पिडितहरुले ढुंगामुढागर्दै महानगरप्रहरीहरुलाई लखेटको छन ।
तराकारी व्यवसायी तथा डोमबस्तीका अनधिकृत संरचनाहरू हटाएपछि शहर व्यवस्थापन र स्थानीय व्यवसायीहरूको जीविकोपार्जनबीचको द्वन्द्व सतहमा आएको हो । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा आइतबार बिहान ठुलो संख्यामा नगर प्रहरी,जनपथ र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मिहरु खाली गराउने बीपी उद्यान पुगेका थिए ।
दशकौँदेखि त्यहीँ व्यवसाय गर्दै आएका दर्जनौँ तरकारी तथा फलफूल व्यवसायीहरू महानगरको बिरोधमा चर्का नाराबाजी समेत गरेका छन् । उनीहरूले घण्टाघरमा भेला भई आफ्नो दैनिक आम्दानीको स्रोत गुमेको भन्दै महानगर प्रमुखको कार्यशैलीप्रति आपत्ति जनाउदै पुत्ला समेत दहन गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाले घण्टाघर नजिकै रहेको बीपी उद्यानमा डोजर चलाएर अनधिकृत संरचनाहरू हटाएपछि शहरको व्यवस्थापन र स्थानीय व्यवसायीको जीविकोपार्जनबीचको द्वन्द्व सतहमा आएको छ । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा आइतबार बिहान नगर र सशस्त्र प्रहरीको सहयोगमा यो खाली गर्ने कार्य भएको हो ।
महानगरपालिकाले छपकैया स्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा २८ सटरसहित नयाँ सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार गत आईतबार देखि सञ्चालनमा ल्याएको छ । वीरगन्ज महानगरपालिकाले बीपी उद्यानमा भएको बजारलाई छपकैयामा संचालित नया बजारमा स्थानान्तरण गर्न खोजिएको जनाएको छ ।
तर तरकारी व्यवसायीले ठेक्केदारको मनोमानी र बजार दुर्गमस्थानमा भएकोले आफुहरुको व्यवसाय धरापमा परेको भन्दै अर्को बिकल्पको मांग गर्दै आएका छन ।
मेयर सिंह र प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ बजारले किसान र उपभोक्ता दुवैलाई लाभ पु¥याउने बताएका छन् । ‘बीपी उद्यानका व्यवसायीहरूलाई नयाँ बजारमा स्थानान्तरण गर्ने योजना पनि यसमा समेटिएको छ ।’ मेयर सिंहको तर्क रहेको छ ।
बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि सुरक्षित र व्यवस्थित स्थलका रूपमा विकास गर्ने योजना अनुसार आवश्यक संरचनागत सुधार र व्यवस्थापनका काम चरणबद्ध रूपमा अघि बढाइने महानगरपालिकाले जनाएको छ ।
अनिल तिवारी