काठमाडौं: नेपाली बजारमा आज बुधबार सुनको भाउ बढेको छ ।
आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ तोकेको छ । हिजो मंगलबार सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसअघि सोमबार सुन २ लाख ६० हजार ७०० र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । हिजो मंगलबार ३ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।
त्यसअघि सोमबार ३ हजार ८ सय ७० र आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

आर्थिकन्यूज