काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।
आर्थिकन्यूज