सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
आर्थिकन्यूज