काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशत लाभांश दिने जनाएको हो ।
कम्पनीले हाल २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । जसको ६.३१५८ प्रतिशतले हुन आउने १६ करोड ९ लाख ६२ हजार ६३१.८७ रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ । कम्पनीले करसहित उक्त लाभांश वितरण गर्न लागेको हो ।
आर्थिकन्यूज