शीर्षकहरू

एमाले महाधिवेशन : सचिव पद ओली प्यानलको कब्जा, उपाध्यक्षमा गुरुङको सर्वाधिक मत

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

एमाले महाधिवेशन : सचिव पद ओली प्यानलको कब्जा, उपाध्यक्षमा गुरुङको सर्वाधिक मत

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् । पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् ।

छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।

एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत

 नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ । बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।

त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।

null