शीर्षकहरू

सन नेपाल लाइफले साधारण सभा बोलायो

सन नेपाल लाइफले साधारण सभा बोलायो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने छ । 

इन्स्योरेन्सले पुस २५ गते, शुक्रबार, अमृतभोग केटरर्स प्रालि\, कालिकास्थान, काठमाडौँमा आठौँ र नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।


सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने भएको छ।