शीर्षकहरू

द ब्रिटिश कलेज : दुबईबाट फर्किएका विद्यार्थीको समस्या समाधान हुँदैछ

द ब्रिटिश कलेज : दुबईबाट फर्किएका विद्यार्थीको समस्या समाधान हुँदैछ

काठमाडौं । द ब्रिटिश कलेजले सामाजिक सञ्जालमा कलेजविरुद्ध फैलाइएका भ्रामक सूचना र आरोपहरूको खण्डन गर्दै यथार्थ तथ्य स्पष्ट पारेको छ। दुबईमा सञ्चालित शैक्षिक कार्यक्रम, विद्यार्थीको आवास र इन्टर्नसिपका विषयमा बाहिर आएका समाचारहरूमा कलेजको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कलेजले एक विस्तृत प्रेस विज्ञप्ति जारी गरेको हो।

कलेजले आफू नियामक निकायको स्वीकृतिमा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको अनुबन्धमा सञ्चालित प्रतिष्ठित संस्था भएको स्पष्ट पारेको छ। दुबईस्थित ुद वुलविच इन्स्टिच्युट पनि त्यहाँको कानुनबमोजिम सञ्चालित स्वतन्त्र शैक्षिक संस्था रहेको कलेजको भनाइ छ।

दुबई कार्यक्रम र आवासस् हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूलाई दुबईमा उच्च शिक्षा र सिप विकासको अवसर प्रदान गरिएको र उनीहरूलाई सम्झौता बमोजिम नै सुरुवाती समयका लागि मात्र आवासको व्यवस्था गरिएको कलेजले प्रस्ट पारेको छ।

 दुबई गएका ५१ मध्ये ९ जना विद्यार्थी व्यक्तिगत असन्तुष्टिका कारण नेपाल फर्किएका र उनीहरूसँग आपसी समझदारीमा समस्या समाधान भइरहेको कलेजले जनाएको छ। 

भ्रम र तोडफोडको विरोधस् कलेजले बाह्य समूहको उक्साहटमा कलेजको शैक्षिक वातावरण बिगार्ने, कर्मचारीलाई दुर्व्यवहार गर्ने र तोडफोड गर्ने कार्य भएकोमा आपत्ति जनाएको छ। वार्ताका लागि पटक(पटक बोलाउँदा पनि असन्तुष्ट पक्ष नआएको कलेजको दाबी छ।

मानव तस्करीको आरोप अस्वीकारस् कलेजमाथि लगाइएका शोषण वा मानव तस्करीका सम्पूर्ण आरोपहरूलाई कलेजले पूर्णतः ुअसत्य, आधारहीन र मानहानीपूर्णु भन्दै अस्वीकार गरेको छ।

कलेजले आफ्ना सम्पूर्ण शैक्षिक गतिविधिहरू नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै अभिभावक तथा विद्यार्थीहरूलाई भ्रामक सूचनाको पछि नलाग्न आग्रह गरेको छ।