शीर्षकहरू

प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि वेपत्ता

प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि वेपत्ता

काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि हाजिर नै नगरि वेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयले आज जारी गरेको सार्वजनिक विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्।  

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।null