शीर्षकहरू

जीवन बीमाको ६० प्रतिशत व्यापार ४ कम्पनीको कब्जामा (सूचीसहित)

जीवन बीमाको ६० प्रतिशत व्यापार ४ कम्पनीको कब्जामा (सूचीसहित)

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रको व्यापार ४ कम्पनीले कब्जा गरेका छन् । ठूला ४ कम्पनीले यस क्षेत्रको ६० प्रतिशत बजार हिस्सा ओगटेको तथ्यांकले देखाउँछ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेका चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांक अनुसार ४ कम्पनीले जीवन बीमा क्षेत्रमा राज गरेको पाइएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ९० करोड  लाख ५७ लाख रुपैयाँको व्यापार गरेका छन् । 

उक्त रकमको ५९.४९ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल, नेशनल लाइफ र हिमालयन लाइफले ओगटेको छ । अर्थात् यी ४ कम्पनीले ४५ अर्ब ७४ करोड १० लाख रुपैयाँको व्यापार गरेका छन् । 

जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले ओगटेको छ । यो ५ महिनामा नेपाल लाइफले २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको छ । यो कुन जीवन बीमाको व्यापारको २७.७९ प्रतिशत हो । नेपाल लाइफले गरेको व्यापार अन्य १० वटा कम्पनीले गरको व्यापार भन्दा धेरै हो । 

एशियन लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ, मेट लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ, प्रभु महालक्ष्मी लाइफ र सन नेपाल लाइफले कुल जति व्यापार गरेका छन् त्यो भन्दा धेरै नेपाल लाइफ एक्लैले गरेको छ । अर्थात् उक्त १० कम्पनीले २१ अर्ब १० करोड ३ लाख रुपैयाँको व्यापार गरेका छन् । 

यस्तै, धेरै हिस्सा ओगटने कम्पनीको दोस्रो नम्बरमा रहेको छ नेशनल लाइफ । जसले १२.०५ प्रतिशत हिस्सा ओगटेको छ । यस कम्पनीले ५ महिनामा ९ अर्ब २७ करोड २ लाख रुपैयाँको व्यापार गर्दा एलआईसी नेपालले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । एलआईसीको बजार हिस्सा १०.६४ प्रतिशत रहेको छ । 

९ प्रतिशत बजार हिस्सा ओगटेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ९२ करोड ४८ लाख रुपैयाँको व्यापार गरेको छ ।

 null