शीर्षकहरू

पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा पर्यो

पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा पर्यो

काठमाडौं । संसदमा ठूलो स्वरले भाषण गर्ने पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले सिफारिस गरेको कार्यालले जारी गरेको सूचनामा उल्लेख छ । 

सो सिफारिस अनुसार कालोसूचीमा राख्ने निर्णय पुस १३ गते भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा लेखिएको छ । कालो सूचीको डेढ वर्षे अवधि भने आज सूचना प्रकाशित भएको मिति पुस १४ गतेदेखि गणना सुरु भएको छ ।

null