काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्समा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार कम्पनीमा एक प्रतिशत वा सो भन्दा धेरै शेयर स्वामित्व कायम भएका लगानीकर्ताको संख्या १४ रहेको छ ।
जसमध्ये कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व कान्तिपुर पब्लिकेशन प्रालिको रहेको छ । सो कम्पनीमा कान्तिपुरको २६ लाख कित्ता शेयर तथा ५.२० प्रतिशत स्वामित्व रहेको छ । यसैगरी, सुमित कुमार अग्रवालको पनि कान्तिपुर पब्लिकेशनको बराबर नै शेयर र स्वामित्व रहको छ ।
प्रदीप जंग पाण्डेको १८ लाख ३३ हजार ३३३ कित्ता शेयर तथा ३.६७ प्रतिशत स्वामित्व रहेको छ । उनी कम्पनीका अध्यक्ष पनि हुन् । विकास जेबी राणा, यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र सुष्मा राणाको समान १८ लाख कित्ता शेयर तथा ३.६० प्रतिशत स्वामित्व, एयर डाइनास्टी हेली सर्भिसेस प्रालिको १० लाख ७० हजार कित्ता शेयर तथा २.१४ प्रतिशत स्वामित्व रहेको छ ।
त्यसैगरी, उर्मिला पाण्डे, ललिता अग्रवाल र ज्योति प्रकाश पाण्डेको समान ८ लाख कित्ता शेयर तथा १.६० प्रतिशत स्वामित्व, रविन्द्र प्रसाद श्रेष्ठको ७ लाख कित्ता शेयर तथा १.४० प्रतिशत स्वामित्व र राम अग्रवालको ६ लाख ६० हजार कित्ता शेयर तथा १.३२ प्रतिशत शेयर स्वामित्व रहेको छन् ।
यस्तै, गुडविल फाइनान्स र प्रिमियर वेयर प्रालिको समान ६ लाख कित्ता शेयर तथा १.२० प्रतिशत स्वामित्व रहेको छ ।
आर्थिकन्यूज