शीर्षकहरू

एमडीआरटीमा इतिहास रच्न सफल बन्यो आइएमई लाईफ इन्स्योरेन्स

एमडीआरटीमा इतिहास रच्न सफल बन्यो आइएमई लाईफ इन्स्योरेन्स

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले ७० भन्दा धेरै एमडीआरटी निकाल्न सफल भएको छ ।

गत वर्ष आईएमई लाइफ इन्स्योरेन्सबाट ४४ जना एमडीआरटी भएका थिए । यस वर्ष आईएमईबाट हालसम्मकै धेरै अर्थात् १ सीओटी र ७२ जना भन्दा बढी एमडीआरटी भएका छन्।

आईएमई लाइफ इन्स्योरेन्सले कम्पनीको समयसापेक्ष बजार नीतिका कारणले सम्पूर्ण अभिकर्ताहरू उत्प्रेरित भएका कारण नै अहिलेको आर्थिक रुपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरूले एमडीआरटी उपलब्धि हासिल गरेका छन् ।

एमडीआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा दर्ता भएको एमडीआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल छन् । यसको प्रधान कार्यालय अमेरिकामा छ भने यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरू सहभागी हुन पाउँछन् ।

एमडीआरटीमा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउने व्यवस्था छ ।