वीरगञ्ज । नियम–कानुनलाई बेवास्ता गर्दै वीरगञ्जको एक क्यासिनोमा भारतीय भोजपुरी कलाकारलाई उतारेर लाखौँ रुपैयाँ बटुल्ने कार्यक्रम आयोजना गरिएको खुलासा भएको छ। नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रमले वीरगञ्जको शान्ति–सुरक्षा मात्र होइन, राज्यको कानुनी शासनमाथि नै गम्भीर प्रश्न उठाएको छ।
वीरगञ्ज महानगरपालिका–आदर्शनगर स्थित किङ क्यासिनोमा आयोजित विशेष मनोरञ्जन कार्यक्रममा नेपाली युवाहरू खुलेआम जुवा खेल्दै लाखौँ रुपैयाँ गुमाएको घटना सार्वजनिक भएपछि क्यासिनो व्यवस्थापन, प्रहरी प्रशासन र राज्य संयन्त्रको भूमिका माथि आलोचना चुलिएको हो।
डिसेम्बर ३१ गते राति बाराका एक नेपाली युवाले क्यासिनोमा करिब २० लाख रुपैयाँ हारेको कुरा खुलासा भएको छ । जिबाको लत लागेको बिरगंजका एक यवाले भने,ु यो घटना क्यासिनोभित्र नियमित रूपमा भइरहेका अवैध गतिविधिको एउटा उदाहरण मात्र हो, जसले राज्यको कमजोर निगरानी र स्लाथानिय प्रशासनको मौनतालाइ उजागर गर्छ।’
भारतीय कलाकार, मदिरा र उत्तेजक कार्यक्रम
नयाँ वर्षको अवसरमा क्यासिनोभित्र आयोजना गरिएको विशेष कार्यक्रममा भारत, बिहारकी चर्चित भोजपुरी अभिनेत्री अमरपाली दुबे सहित करिब आधा दर्जन महिला डान्सरहरूले भोजपुरी अश्लिल गीत संगीत प्रस्तुत गरेका छन ।
क्यासिनोमा राति करिब १० बजेदेखि सुरु भएको कार्यक्रममा मदिराबाट लठ्ठ भएका स्थानिय युवाहरुको ठुलो भीड देखिएको प्रत्यक्षदर्शीहरूले बताए।
अमरपाली दुबेले राति १२ बजे केक काट्दै नयाँ वर्षको स्वागत गरेकी थिइन्। त्यसपछि केही अश्लील भोजपुरी गीतहरूमा नृत्य प्रस्तुत गरिएको र राति २ बजेदेखि कार्यक्रम अझ छाडा बनेको थियो ।
नेपाली युवाको बाक्लो उपस्थिति
क्यासिनोमा बारा र पर्साका ग्रामीण क्षेत्रदेखि वीरगञ्ज, कलैया, गौर र सिमरासम्मका नेपाली युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपालको प्रचलित कानुन अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ। तर किङ क्यासिनोमा नेपालीहरू खुलेआम प्रवेश गरी मदिरा सेवन, जुवा खेलाऊने क्रमजारी छ।
बीरगंजका क्यासिनो लतले धेरै युवाहरू आर्थिक रूपमा बर्बाद भइसकेका छन्। कतिपयले सम्पत्ति गुमाएर पारिवारिक विखण्डन र मानसिक संकट भोग्नु परेको घटनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन्।
नेपाली नागरिकको अवैध प्रवेश, मदिरा सेवन, उत्तेजक कार्यक्रम र जुवाजन्य गतिविधि भइरहँदा पनि प्रहरी प्रशासनको प्रभावकारी निगरानी देखिँदैन । नियम–कानुन सबैका लागि बराबर छैन भएपनि जेनजी सरकारमा पनि बीरगंजको प्रहरी प्रशासन ऊदासिन नै देखिएका छन
अनिल तिवारी