काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारीको भर्नाका लागि आवेदन माग भएको छ । प्राधिकरणले खुलाएको नयाँ कर्मचारीमा अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।

आर्थिकन्यूज