काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा २ लाख ५१ हजार ५६० पटक विमान उडान र अवतरण भएका छन् । जसमा १ करोड २२ लाख यात्रुले यात्रा गरेका छन् ।
नेपालमा रहेका ३५ वटा विमानस्थलबाट उक्त उडान र अवतरण भएका नागरिक उड्यान प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट धेरै यात्रुहरूले यात्रा गरेका छन् । उक्त विमानस्थलबाट १ लाख १२ हजार ७९३ पटक विमानहरू उडान र अवतरण भएको छ । २८ हजार २५१ पटक अन्तर्राष्ट्रिय उड्यान तथा अवतरण भएको छ भने ८४ हजार ५४२ पटक राष्ट्रिय तथा घरेलु उडान र अवतरण भएको छ ।
उक्त उड्यान र अवतरणमा ७८ लाख १७ हजार ३४९ यात्रुले यात्रा गरेका छन् । जसमा ४१ लाख यात्रुले अन्तराष्ट्रिय र ३७ लाख १८ हजार यात्रुले आन्तरिक यात्रा गरेका छन् ।
जहाँ इलामको सुकिलुम्बा विमानस्थलमा विमान ६ पटक अवतरण हुँदा ६ पटक उड्यान भएको छ । ४२ जना यात्रुले अवतरण गरे भने ४१ जना यात्रु सो विमानस्थलबाट उडेका थिए। जम्मा सो विमानस्थलबाट वर्षमा ८३ यात्रुले यात्रा गरेका थिए ।
यस्तै, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट २११ वटा अन्तराष्ट्रिय र ११ हजार ५८ वटा घरेलु उडान तथा अवतरण भएको छ । जसबाट ६८ लाख ८७ हजार यात्रुले यात्रा गरेका छन् । १३ हजार ४३२ जनाले अन्तराष्ट्रिय यात्रा गरे भने ६७ लाख ५३ हजारले आन्तरिक यात्रा गरेका छन् ।
पोखर विमानस्थलबाट १२ हजार पटक विमान अवतरण भएको छ भने सो विमानस्थलबाट १२ हजार पटक नै उडान भएको छ । जसमा ३ लाख ८३ हजार ७५७ जना यात्रु अन्यत्रबाट सो विमानस्थलबाट ओर्लिएका छन् भने ४ लाख १५ हजार जना सो विमानस्थलबाट उडान गरेका छन् । यस्तै, नेपालगन्ज विमानस्थलमा १२ हजार उडान र अवतरण हुँदा ५ लाख यात्रुले यात्रा गर्दा विराटनगर विमानस्थलबाट १० हजार पटक विमान उडान र अवतरण हुँदा ६ लाख ६९ हजार यात्रुले सेवा लिएका छन् ।
यता सबैभन्दा कम विमान उडान र अवतरण हुने लिस्टको दोस्रो नम्बरमा परेको छ बझाङ विमानस्थल, जहाँ ७/७ फ्लाइट भएको छ । १२७ यात्रुले यात्रा गरेका छन् ।


आर्थिकन्यूज