शीर्षकहरू

सिंगटी हाईड्रो र मुक्तिनाथ क्यापिटलबीच हकप्रद शेयर  निष्काशन सम्झौता

सिंगटी हाईड्रो र मुक्तिनाथ क्यापिटलबीच हकप्रद शेयर  निष्काशन सम्झौता

काठमाडौं। सिंगटी हाईड्रो इनर्जी लिमिटेडले आफ्नो चुक्ता पूँजीको  १ बराबर १ अनुपात अनुसार ३ करोड ४ लाख ५० हजार हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ।

उक्त शेयर निष्काशन र बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता भएको हो।

कम्पनीले यसबाट प्राप्त रकम ६१.११ मेगावाटको नारखोला जलविद्युत र ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजना लगानीमा प्रयोग गर्ने योजना बनाएको छ।

सम्झौतामा सिंगटी हाईड्रो तर्फबाट प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।