शीर्षकहरू

शेयर धितो कर्जामा ठूला र मध्यम लगानीकर्ताको प्रभुत्व, झन्डै साढे १ खर्ब कर्जा प्रवाह

शेयर धितो कर्जामा ठूला र मध्यम लगानीकर्ताको प्रभुत्व, झन्डै साढे १ खर्ब कर्जा प्रवाह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै शेयर धितो कर्जामा ऐतिहासिक वृद्धि भएको देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरू मार्फत प्रवाहित कुल कर्जा यस अवधिमा १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

कुल कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथि कर्जाको हिस्सा १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। जसले कुल शेयर धितो कर्जाको करिब ७० प्रतिशत ओगटेको छ।यसले ठूला लगानीकर्ताहरूले शेयर बजारमा आफ्नो प्रभुत्व अझ सुदृढ पारेको देखिन्छ।

पछिल्लो पाँच महिनामा मात्र ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँको कर्जा थपिएको छ। यसले संकेत बजारको उतार–चढावमा ठूला लगानीकर्ताहरूले बैंक कर्जालाई मुख्य उपकरणको रूपमा प्रयोग गरिरहेका छन्। साथै, मध्यम र साना लगानीकर्ताको ऋण प्रवृत्ति पनि क्रमिक रूपमा बढिरहेको देखिन्छ।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन पाँच महिनामा ११.७ प्रतिशतले वृद्धि भएको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १८ अर्ब २८ करोड १९ लाख पुगेको छ, पाँच महिनामा ७१ करोड ५८ लाख रुपैयाँले बढेको छ। २५ लाख रुपैयाँभन्दा कम कर्जा लिएका साना लगानीकर्ताको कुल कर्जा ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ, पाँच महिनाको अवधिमा ६.७ प्रतिशतले वृद्धि भएको छ।

हालको तथ्यांकले  बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिका सुधार र पर्याप्त तरलता तथा सस्तो ब्याजदरको अवसर लिएर लगानीकर्तालाई कर्जाको तर्फ आकर्षित गरिरहेका छन्। 

null

ठूला लगानीकर्ताहरू बजारको उतार–चढावको समयमा कर्जालाई मुख्य हतियारको रूपमा प्रयोग गर्दै आफ्नो पोजिसन बलियो बनाइरहेका छन् भने मध्यम र साना लगानीकर्ताहरूले पनि क्रमिक रूपमा कर्जा लिँदै बजारमा आफ्नो उपस्थितिलाई बढाइरहेका छन्। यसले नेपालको शेयर बजारमा कर्जा प्रवाहको आकार ऐतिहासिक उच्च स्तरमा पुगेको संकेत गर्छ।

शेयर धितो कर्जा वृद्धिले बजारमा तरलता र लगानीकर्ताको क्रियाशीलता बढाएको देखिन्छ। तर, यो वृद्धि नियमन र जोखिम व्यवस्थापनको दृष्टिले सतर्कता आवश्यक रहेको वित्तीय विश्लेषकहरूले उल्लेख गरेका छन्।