काठमाडौँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको शुक्रबार वार्तापछि बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ ।
इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने गहन वार्तापछि दुई पक्ष नजिक आइरहेको बताएका छन् ।
सेफकोभिकले सामाजिक सञ्जाल एक्समा शुक्रबार गरेको फोष्टमा भनेका छन्,“हाम्रो साझा लक्ष्यः सम्बन्धलाई बढावा दिन सन्तुलित, पारस्परिक लाभदायी व्यापार र लगानी सम्झौता गर्नु हो।”
उनले थपे,“अपेक्षित प्रगति भएको छ । खुला मुद्दाहरू साँघुरो हुँदै गएका छन् । आगामी दिनहरूमा पूर्ण कदम अगाडि बढ्छ।” गोयलले उत्साहित समीक्षा भएको बताए ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,“हामीले राम्रो प्रगति गरेका छौँ र हाम्रा वार्ता टोलीहरूलाई रणनीतिक मार्गदर्शन प्रदान गरेका छौँ। हामीले निष्पक्ष, सन्तुलित र महत्वाकाङ्क्षी सम्झौता गर्ने हाम्रो बलियो राजनीतिक सङ्कल्पलाई दोहोर्याएका छौँ।”
नेताहरूले जनवरीको अन्त्यमा शिखर सम्मेलन गर्ने अपेक्षा गरिएको छ र दुवै पक्षले त्यस कार्यक्रमका लागि वार्ता समाप्त गर्न जोड दिइरहेका छन् ।
इयूले शुक्रबार ब्रसेल्सले समर्थन गरेको दक्षिण अमेरिकी स्वतन्त्र व्यापार समूह मर्कोसुरसँग ठूलो व्यापार सम्झौताको चर्चा भइरहेका समय शुक्रबार लामो समयदेखि स्थगित भारतसँगको वार्ता भएको हो ।
आर्थिकन्यूज