शीर्षकहरू

सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त, ३६ वर्षको बैंकिङ अनुभव

सिद्धार्थ बैंकको सिइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त, ३६ वर्षको बैंकिङ अनुभव

काठमाडौं। सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिले बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त नियुक्ति पुस २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।

बैंकिङ क्षेत्रमा रामेश्वर प्रसाद बस्यालको करिब ३६ वर्षको अनुभव छ। सन् १९८९ देखि २००५ सम्म उनले नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै मूल्यवान अनुभव हासिल गरे।

सन् २००५ देखि बस्याल सिद्धार्थ बैंकमा आबद्ध भए। त्यहाँ उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

उनले विगत ३६ वर्षको बैंकिङ कार्यकालमा विभिन्न भूमिकामा रहेर समग्र बैंक सञ्चालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेका बैंकको भनाइ छ।

संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंक परिवारले लिएको छ।

null