शीर्षकहरू

जेनजी आन्दोलनमा १ अर्ब बढीको सुन, चाँदी, हिरा र मोती चोरी

जेनजी आन्दोलनमा १ अर्ब बढीको सुन, चाँदी, हिरा र मोती चोरी

काठमाडाैं । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा एक अर्ब दुई करोड रुपैयाँ बराबरको सुन, चाँदी, हिरा तथा मोती चोरी भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको “क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना सम्बन्धी प्रतिवेदन” अनुसार आन्दोलनका क्रममा एक अर्ब १६ करोड ६७ लाख रुपैयाँ बराबरको सुन, चाँदी, हिरा र मोती आगजनी, तोडफोड तथा चोरी भएका हुन् । प्रतिवेदनअनुसार १३ करोड ११ लाख रुपैयाँ बराबरका बहुमूल्य धातु तथा रत्न आगजनीबाट नष्ट भएका छन् भने ९३ लाख रुपैयाँ बराबरका सामग्री तोडफोडबाट क्षति पुगेको छ ।

यस्तै, आन्दोलनका क्रममा ८६ करोड १७ लाख रुपैयाँ बराबरका अन्य बहुमूल्य वस्तुमा पनि आगजनी, तोडफोड र चोरी भएको छ । मन्त्रालयका अनुसार ५० करोड १६ लाख रुपैयाँ बराबरका बहुमूल्य वस्तु आगजनी भएका छन् भने नौ करोड ८० लाख रुपैयाँ बराबरका वस्तु तोडफोडबाट नष्ट भएका छन् । त्यस्तै, २६ करोड २० लाख रुपैयाँ बराबरका बहुमूल्य वस्तु चोरी भएको प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनका क्रममा ३२ करोड ८१ लाख रुपैयाँ बराबरको नगद चोरी भएको छ । साथै, २३ करोड ६९ लाख रुपैयाँ बराबरको नगद आगजनी भएको छ भने २२ करोड एक लाख रुपैयाँ बराबरको नगद तोडफोडका कारण नष्ट भएको छ ।

प्रतिवेदनअनुसार आन्दोलनमा नौ अर्ब दुई करोड ६७ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । ४६ करोड २७ लाख रुपैयाँ बराबरको लुगा तथा तयारी पोशाकमा क्षति पुगेको छ । जसमध्ये ३७ करोड ५५ लाख रुपैयाँ बराबरको आगजनी, दुई करोड ६० लाख रुपैयाँ बराबरको तोडफोड र छ करोड १२ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

१२ करोड ८७ लाख रुपैयाँ बराबरको खाद्य तथा पेय पदार्थमा क्षति पुगेको छ । यसमध्ये आठ करोड ६७ लाख रुपैयाँ बराबरको आगजनी, एक करोड पाँच लाख रुपैयाँ बराबरको तोडफोड तथा तीन करोड १४ लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

चार करोड ९८ लाख रुपैयाँ बराबरका अन्य घरायसी उपयोगका सामग्रीमा क्षति पुगेको छ । प्रतिवेदनअनुसार दुई करोड ७२ लाख रुपैयाँ बराबरको आगजनी, एक करोड ४६ लाख रुपैयाँ बराबरको तोडफोड र ८० लाख रुपैयाँ बराबरको चोरी भएको थियो ।

एक करोड ८३ लाख रुपैयाँ बराबरका सौन्दर्य तथा व्यक्तिगत सरसफाइ सामग्रीमा पनि क्षति पुगेको छ । जसमध्ये एक करोड ७५ लाख रुपैयाँ बराबरको आगजनी, चार करोड रुपैयाँ बराबरको तोडफोड र चार करोड रुपैयाँ बराबरको चोरी भएको उल्लेख प्रतिवेदनमा छ ।

त्यसैगरी, ३२ करोड २० लाख रुपैयाँ बराबरका पुस्तक तथा स्टेशनरी सामग्रीमा क्षति पुगेको छ । यसमध्ये २८ करोड ५३ लाख रुपैयाँ बराबरको आगजनी, दुई करोड १७ लाख रुपैयाँ बराबरको तोडफोड र एक करोड ५० लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

यस्तै, पाँच करोड ३२ लाख रुपैयाँ बराबरका सजावटका सामग्री, एक करोड ५० लाख रुपैयाँ बराबरका बालबालिकाका खेलौना तथा सरसामान, एक करोड ३० लाख रुपैयाँ बराबरको इन्धन तथा कच्चा पदार्थमा क्षति पुगेको छ । साथै, दुई अर्ब एक करोड रुपैयाँ बराबरको सरकारी परिसरभित्र रहेको निजी सम्पत्तिमा क्षति पुगेको छ । प्रतिवेदनअनुसार पाँच अर्ब ९५ करोड रुपैयाँ बराबरका अन्य भौतिक सामग्रीमा पनि क्षति पुगेको छ