शीर्षकहरू

रिलायबल लाइफमा पनि ग्लोबल आइएमई बैंकको १० प्रतिशत स्वामित्व, यी हुन् १४ ठूला शेयरधनी

रिलायबल लाइफमा पनि ग्लोबल आइएमई बैंकको १० प्रतिशत स्वामित्व, यी हुन् १४ ठूला शेयरधनी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका शेयरधनीको संख्या १४ रहेको छ । 

जसमध्ये सबैभन्दा धेरै स्वामित्व ग्लोबल आइएमई बैंकको रहेको छ । कम्पनीमा बैंकको स्वामित्व १० प्रतिशत रहेको छ । अर्थात् बैंकसँग कम्पनीको ५१ लख ९६ हजार ८०० कित्ता शेयर रहेको छ । यस बैंकको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि १० प्रतिशत स्वामित्व रहेको छ । 

कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा गौरभ अग्रवाल रहेका छन् । उनको कम्पनीमा ३३ लाख ७८ हजार कित्ता शेयर रहेको छ भने ६.५० प्रतिशत स्वामित्व छ । यसैगरी, सुशील कुमार पन्थको १५ लाख ७ हजार कित्ता शेयर तथा २.९० प्रतिशत स्वामित्व, गौरी राज जोशी र डा. प्रकाश चन्द्र लोहनीको समान १२ लाख ९९ हजार २०० कित्ता शेयर तथा २.५०/२.५० प्रतिशत स्वामित्व र जनार्दन देव पन्थको १० लाख ३७ हजार ३६० कित्ता शेयर तथा २ प्रतिशत स्वामित्व रहेको छ ।

त्यसैगरी, पदम कुमार लोहनीको १.६० प्रतिशत स्वामित्व, सन्दीप खेतान र जुली चहचनको समान १.२५/१.२५ प्रतिशत, रेखा घिमिरेको समान १.२३ प्रतिशत, जुनी गुरुङ र प्रेम प्रभात गुरुङको समान १/१ प्रतिशत स्वामित्व रहेको छ । 

कम्पनीमा हरिभक्त शर्माको ०.८८ र राधेश्याम अग्रवालको ०.७५ प्रतिशत स्वामित्व रहेको छ । 

null