शीर्षकहरू

प्रभु महालक्ष्मी लाइफबाट बाहिरियो प्रभु बैंक, प्रभु क्यापिटलले बढायो स्वामित्व, यी हुन् १६ ठूला शेयरधनी

प्रभु महालक्ष्मी लाइफबाट बाहिरियो प्रभु बैंक, प्रभु क्यापिटलले बढायो स्वामित्व, यी हुन् १६ ठूला शेयरधनी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १६ रहेको छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा बढी स्वामित्व कायम भएका शेयरधनीको संख्या १६ रहेको छ । 

जहाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सबैभन्दा धेरै स्वामित्व रहेको छ । कम्पनीको सो बैंकको ६.९८ प्रतिशत स्वामित्व तथा ३५ लाख ६४ हजार कित्ता शेयर रहेको छ । यसैगरी, ज्योति विकास बैंकको स्वामित्व ६.६९ प्रतिशत तथा ३४ लाख १४ हजार कित्ता शेयर रहेको छ । 

यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकको स्वामित्व ४.५४ प्रतिशत तथा २३ लाख १८ हजार ६१४ कित्ता शेयर, प्रभु क्यापिटलको ४.०७ प्रतिशत स्वामित्व तथा २० लाख ७७ हजार ८१४ कित्ता शेयर रहेको छ । अघिल्लो वर्ष कम्पनीमा क्यापिटलको स्वामित्व १.३३ प्रतिशत मात्रै थियो । गत वर्ष क्यापिटलले स्वामित्व वृद्धि गरेको हो । नेपाल इन्भेस्टमेन्ट प्रालिको स्वामित्व ३.५८ प्रतिशत तथा १८ लाख २६ हजार कित्ता शेयर, एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्व २.७९ तथा १४ लाख २५ हजार ६०० कित्ता शेयर र सम्झना अर्यालको २.६८ प्रतिशत स्वामित्व तथा १३ लाख ६६ हजार २०० कित्ता शेयर रहेको छ । अर्याल हाल कम्पनीको सञ्चालक समितिको अध्यक्ष समेत हुन् । 

त्यसैगरी, कम्पनीमा प्रभु ग्रुप प्रालिको स्वामित्व २.५६ प्रतिशत तथा १३ लाख ४ हजार ४२४ कित्ता शेयर, अवेज राज सुमार्गीको २.३३ प्रतिशत स्वामित्व तथा ११ लाख ८८ हजार कित्ता शेयर, प्रभु म्यानेजमेन्ट प्रालिको १.७९ प्रतिशत स्वामित्व तथा ९ लाख १३ हजार कित्ता शेयर एनएमबी बैंकको १.७५ प्रतिशत स्वामित्व र महालक्ष्मी विकास बैंकको १.६६ प्रतिशत स्वामित्व रहेको छ । 

यसैगरी, शिशु अर्यालको १.४० प्रतिशत स्वामित्व छ भने राजन प्रसाद सुवेदीको १.२३ प्रतिशत,  एनआरएन एण्ड डेभलपमेन्ट लिमिटेडको १.१६ र राम बहादुर पाण्डेको १ प्रतिशत स्वामित्व रहेको छ । पाण्डे गत वर्षमात्रै कम्पनीको लगानीकर्ताको रुपमा प्रवेश गरेका हुन् । 

यस्तै, कम्पनीबाट प्रभु बैंक बाहिरिएको छ । अघिल्लो वर्ष बैंकसँग कम्पनीको ५.११ प्रतिशत स्वामित्व थियो । तर, गत वर्ष त्यो सबै बिक्री गरेको बैंक बाहिरिएको हो । 

null