शीर्षकहरू

मेन्छियाम हाइड्रोपावरको हकप्रद शेयर निष्काशनमा एनआईसी एशिया क्यापिटल

मेन्छियाम हाइड्रोपावरको हकप्रद शेयर निष्काशनमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आफ्नो हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्न एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले रु.१०० अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ। जसबाट प्राप्त हुने कुल रकम ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ हुनेछ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता मेन्छियाम हाइड्रोपावरको तर्फबाट कम्पनी सचिव धन राज सुवेदी र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया क्यापिटलले यसअघि सामूहिक लगानी कोष, डिबेन्चर र शेयर निष्काशन मार्फत १९ कम्पनीको प्राथमिक शेयर र ४ कम्पनीको हकप्रद शेयर निष्काशन गरिसकेको छ।

यस सेवामार्फत हालसम्म १८ अर्व ९४ करोडभन्दा बढी संकलन भएको छ भने संस्थापक समूहका २९ भन्दा बढी कम्पनीको शेयर निष्काशनबाट करिब २ अर्ब रकम संकलन सफल भएको छ।

यसैगरी, हाल क्यापिटलले २ कम्पनीको प्राथमिक शेयर र ४ कम्पनीको हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण पेश गरिसकेको छ।