काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.ब. २०८१/८२ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ।
आर्थिकन्यूज