शीर्षकहरू

बैंकिङ क्षेत्रको नाफा १५ प्रतिशतले घट्यो, ५ महिनामा २० बैंकले कमाए पौने २६ अर्ब, कसको कति ?

पाँच महिनामा बैंकिङ क्षेत्रको मिश्रित नाफाः केही बैंकले बढाए नाफा, धेरैले घटाए

बैंकिङ क्षेत्रको नाफा १५ प्रतिशतले घट्यो, ५ महिनामा २० बैंकले कमाए पौने २६ अर्ब, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु् आर्थिक वर्षको ५ महिनाको नाफा नोक्सानको विवरण नेपाल राष्ट्र बैंक मार्फत सार्वजनिक गरेका छन्। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको समग्र नाफा झण्डै १५ प्रतिशतले घटेको छ । यस अवधिमा केही बैंकले आफ्नो लगानी र ऋण व्यवस्थापन सुधार गरेर नाफा वृद्धि गरेका छन् भने धेरले आर्थिक चुनौती र उच्च सञ्चालन खर्चका कारण नाफा घटाउन पुगेका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरको तथ्यांकअनुसार ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैंक, सानिमा र सिद्धार्थ बैंकले नाफा वृद्धि गरेका छन । तर अधिकांश बैंक, जस्तै नबिल, प्राइम कमर्सियल, एभरेष्ट, कुमारी, एनएमबी, लक्ष्मी सनराइज, नेपाल एसबीआई बैंक लगायतका बैंकहरुको नाफा घटेको छ । 

चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुले कुल २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १४.९५ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिमा २० वाणिज्य बैंकहरूले ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए।

पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दै गएको छ। देशमा जारी आन्दोलन र आर्थिक मन्दीको प्रभावले बैंकहरूको ऋण संकलनमा चुनौती थप्दा नाफामा समेत असर परेको देखिन्छ। बैंकिङ क्षेत्रमा बढ्दो आक्रमण र वित्तीय अस्थिरताले खराब कर्जा व्यवस्थापनलाई अझ कठिन बनाएको छ। यसै कारण गत आर्थिक वर्षको तुलनामा बैंकहरूको नाफा घटेको हो।

साथै प्रतिस्पर्धात्मक ब्याजदर, आर्थिक गतिविधिमा सुस्ती, उच्च सञ्चालकीय खर्च र ऋण व्यवस्थापन चुनौतीहरु बढेकाले बैंकहरुको नाफा घटेको विश्लेषण गरिएको छ । आगामी महिनामा बैंकहरुले ऋण संकलन सुधार, लागत व्यवस्थापन र डिजिटल सेवामा ध्यान दिनु आवश्यक देखिन्छ जसले नाफा वृद्धिमा मद्दत पु¥याउने सम्भावना रहन्छ । 

यस अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक बनेको छ। यसले १३.६९ प्रतिशत वृद्धिसहित ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको थियो। दोस्रो धेरै नाफा कमाउने बैंक नबिल बैंक रहेको छ, जसले ३ अर्ब ११ करोड रुपैयाँ खुद नाफा हासिल गरेको छ।

अन्य बैंकहरूको नाफा प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, एनएमबि बैंकले १ अर्ब ६५ करोड र कुमारी बैंकले १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। यस अवधिमा १५ बैंकको नाफा घटेको छ भने ६ बैंकको नाफा वृद्धिसँगै गएको छ।

null

नाफा बढाएका बैंकहरू

  • ग्लोबल आइएमई बैंक: ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ

  • राष्ट्रिय वाणिज्य बैंक: १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ

  • सानिमा बैंक: १ अर्ब ६ करोड २८ लाख रुपैयाँ

  • सिद्धार्थ बैंक: १ अर्ब १७ लाख रुपैयाँ

  • नाफा घटेका बैंकहरू

  • नबिल बैंक: ३ अर्ब ११ करोड ७७ लाख रुपैयाँ

  • प्राइम कमर्सियल बैंक: १ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ

  • एभरेष्ट बैंक: १ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ

  • एनएमबी बैंक: १ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ

  • कुमारी बैंक: १ अर्ब ५२ करोड ४७ लाख रुपैयाँ

  • एनआईएमबी: १ अर्ब २३ करोड २४ लाख रुपैयाँ

  • प्रभु बैंक: १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ

  • स्टान्डर्ड चार्टर्ड बैंक: १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ

  • हिमालयन बैंक: १ अर्ब १३ करोड १५ लाख रुपैयाँ

  • लक्ष्मी सनराइज बैंक: ९२ करोड ६६ लाख रुपैयाँ

  • नेपाल एसबीआई बैंक: ९० करोड ४७ लाख रुपैयाँ

  • माछापुच्छ्रे बैंक: ८४ करोड ३५ लाख रुपैयाँ

  • एनआईसी एशिया बैंक: ५९ करोड ४५ लाख रुपैयाँ

  • नेपाल बैंक: ५९ करोड ४ लाख रुपैयाँ

  • कृषि विकास बैंक: ४१ करोड ७१ लाख रुपैयाँ

  • सिटिजन्स बैंक: २४ करोड ३७ लाख रुपैयाँ

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूको प्रदर्शन मिश्रित छ। केही बैंकले नाफा बढाएका छन् भने धेरैले घटाएका छन्। हालको तथ्यांकले बैंकिङ्ग क्षेत्रमा असमान प्रदर्शन र प्रतिस्पर्धात्मक दबाब रहेको स्पष्ट देखाउँछ । कुल नाफा घटेको भए पनि केही बैंकहरूको सुधारात्मक कदमले बजारमा सकारात्मक संकेत दिएको छ।