शीर्षकहरू

धितोपत्र बजारको सुरक्षा मजबुत पार्न ​​​​​​​'सेटलमेन्ट ग्यारेन्टी फन्ड' सञ्चालन बारे छलफल

धितोपत्र बजारको सुरक्षा मजबुत पार्न ​​​​​​​'सेटलमेन्ट ग्यारेन्टी फन्ड' सञ्चालन बारे छलफल

काठमाडौं । नेपालमा धितोपत्र बजारमा प्रणालीगत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालबीच पौष ३० गते समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बोर्डको खुमलटार, ललितपुरस्थित कार्यालयमा आयोजित बैठकमा सेटलमेन्ट ग्यारेन्टी फन्डको सञ्चालन संरचना, कोष व्यवस्थापन प्रक्रिया र कार्यान्वयनका लागि आवश्यक कदमहरूबारे विस्तृत छलफल भएको थियो। बैठकमा उपस्थित सरोकारवालाहरूले जोखिम व्यवस्थापन, डिफल्ट व्यवस्थापन र धितोपत्र व्यवसायीहरूको भूमिकासम्बन्धी धारणा प्रस्तुत गरेका थिए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसले फन्ड कार्यान्वयनका लागि प्रणाली तथा क्लियरिङसम्बन्धी तयारी प्रस्तुत गरेका थिए भने स्टक ब्रोकर्स एशोसिएशनले बजार सञ्चालनको व्यवहारिक अनुभवमा आधारित सुझावहरू दिएका थिए।

बोर्डका अनुसार सेटलमेन्ट ग्यारेन्टी फन्डको प्रभावकारी कार्यान्वयनले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने र बजार स्थायित्व सुनिश्चित गर्न सहयोग पुर्याउनेछ। आगामी दिनमा थप प्राविधिक छलफल गर्दै समन्वयात्मक रूपमा कार्यान्वयन अघि बढाइने बैठकले निर्णय गरेको छ।