काठमाडौं। टिकटकले फिफासँगको विश्वव्यापी साझेदारीमार्फत् फिफा विश्वकप २०२६को पहिलो रुचाइएको डिजिटल प्लेटफर्मको रूपमा स्थापना पाएको छ।
यस सहकार्यले फ्यानहरूलाई लाइभ खेल प्रसारण, बीहाइण्ड-द-सीन पहुँच, इन्टरएक्टिभ अनुभव र समुदायमा आधारित फुटबल सामग्री उपलब्ध गराउनेछ।
टिकटक GamePlan मार्फत समर्थकहरूले ४८ टोली सहभागी हुने प्रतियोगितामा रोचक सामग्री, खेल टिकट जानकारी, कस्टम स्टिकर, फिल्टर र गेमिफिकेसन सुविधाहरू पाउनेछन्।
फिफाका महासचिव माटियास ग्राफस्ट्रोमका अनुसार, “टिकटकलाई प्रथम रुचाइएको प्लेटफर्म चयन गर्नुले विश्वभरका समर्थकहरूलाई विश्वकपसँग अभूतपूर्व रूपमा जोड्नेछ।” टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले भने, “समर्थकहरूले खेलका ९० मिनेटभन्दा बढी विशेष कन्टेन्ट र क्रिएटर पहुँचमार्फत् विश्वकप अनुभव लिन सक्नेछन्।”
साझेदारीको भागको रूपमा पहिलो पटक विश्वव्यापी क्रिएटर कार्यक्रम पनि सञ्चालन हुने छ, जसले छनोट भएका क्रिएटरहरूलाई प्रेस कन्फरेन्स र ट्रेनिंग सेसनमा पहुँच दिनेछ र ठूलो सङ्ख्याका क्रिएटरहरूले फिफाका ऐतिहासिक फुटेज प्रयोग गरी नयाँ दृष्टिकोणबाट सामग्री सिर्जना गर्ने अवसर पाउनेछन्। यसरी टिकटकले फिफा विश्वकप २०२६मा डिजिटल माध्यमबाट फ्यान अनुभवलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज