काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।
सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको सल्लाह अनुसार लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।
यसैगरी, बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी संशोधन गर्ने प्रस्ताव पारित भएको छ।
सभाले नियमनकारी निकायबाट कुनै सुझाव आएमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ। यस बैठकले बैंकको सञ्चालनमा पारदर्शिता र शासन व्यवस्था सुदृढ पार्ने उद्देश्य राखेको बैंकले जनाएको छ।
आर्थिकन्यूज