काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या ६ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व कायम भएका लगानीकर्ताको संख्या ६ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै स्वामित्व नेपाल बैंकको रहेको छ । कम्पनीमा नेपाल बैंकको स्वामित्व १५.०४ प्रतिशत रहेको छ । बीमा कम्पनीमा कुनै पनि व्यक्ति, संस्था तथा एकाघर परिवारले १५ प्रतिशत बढी स्वामित्व राख्न नपाउने व्यवस्था रहेको छ । यस प्रकारको कानूनी व्यवस्था हुँदा हुँदै नेपाल बैंकको स्वामित्व १५ प्रतिशत बढी छ । अघिल्लो वर्ष पनि नेपाल बैंकको स्वामित्व १५.०४ प्रतिशत नै थियो ।
नेपाल बैंकसँग कम्पनीको २८ लाख ४३ हजार ५१५ कित्ता शेयर रहेको छ । अघिल्लो वर्ष २४ लाख ७२ हजार ६२२ कित्ता थियो ।

कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको स्वामित्व १४.९७ प्रतिशत तथा २८ लाख ३० हजार ५३७ कित्ता शेयर छ । यसैगरी, यूनाइटेड डिस्ट्रीबुटर्स नेपाल प्रालिको स्वामित्व ६.९७ प्रतिशत तथा १३ लाख १८ हजार २३४ कित्ता शेयर, अभिषेक जोशीको ५.३७ प्रतिशत स्वामित्व तथा १० लाख १५ हजार ७६६ कित्ता शेयर रहेको छ ।
त्यसैगरी, लाइफ केयर डिस्ट्रीबुटर्स प्रालिको ३.४९ प्रतिशत स्वामित्व तथा ६ लाख ५९ हजार ११८ कित्ता शेयर र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको १.७३ प्रतिशत स्वामित्व तथा ३ लाख २८ हजार ३३ कित्ता शेयर रहको छ ।
यो पनि पढ्नुहोस
आर्थिकन्यूज



