काठमाडौं। नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम योगदान गरिएको कोषले जनाएको छ।
नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अर्थ सचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्री तथा नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीको समेत उपस्थिति रहेको थियो।
साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १४ करोड ०७ लाख जम्मा भएको व्यहोरा समेत जानकारी गराइन्छ ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद व्यक्त गरेका छन्।
आर्थिकन्यूज