काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य मन्त्रालयमार्फत प्रधानमन्त्री समक्ष आफ्नो राजीनामा पेश गरेका हुन्।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानीको दायित्व बढ्दै गएपछि र सरकारले सोको लागि पर्याप्त रकम उपलब्ध गराउन नसक्दा डा. काफ्ले नैतिक दबाबमा परेका थिए। अस्पतालहरूले स्वास्थ्य बीमा सेवा स्थगित गर्न थालेपछि बोर्ड आर्थिक संकटमा फँस्दै गएको थियो।
देशभर लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ। समयमै भुक्तानी नहुँदा ठूला सरकारी अस्पतालहरूले एकपछि अर्को गर्दै बीमा सेवा बन्द गर्ने निर्णय गर्न थालेका छन्। यसले सेवाग्राहीमाथि प्रत्यक्ष प्रभाव पार्दै स्वास्थ्य बीमा प्रणाली संकटमा रहेको देखाउँछ।
आर्थिकन्यूज