शीर्षकहरू

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८१/८२ का लागि पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीले माघ ६ गते बसेको सञ्चालक समितिको बैठकमा गत आर्थिक वर्षको लागि कुनै लाभांश नदिने र वार्षिक प्रतिवेदनसहित वित्तीय विवरण आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो।

उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरिने कम्पनीले जनाएको छ। यसअघि, आर्थिक वर्ष ०७७/७८ मा कम्पनीले कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।