काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको पुस मसान्तसम्मको ऋण किस्ता भुक्तानी गरेको छ। निगमले पुस मसान्तसम्म ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ।
यसमा न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडी जहाजको आंशिक किस्ता समावेश रहेको नेवानिले जनाएको छ।
साथै, निगमले आफ्नो दीर्घकालीन ऋण व्यवस्थापन र बाँकी दायित्व स्पष्ट पार्ने विषयमा सञ्चय कोष र नागरिक लगानी कोषका उच्च अधिकारीसँग छलफल सुरु गरेको छ। हाल ऋणको आकार बढिरहेको अवस्थामा, यस विषयमा स्पष्ट योजना बनाउने उद्देश्यले छलफल गरिएको हो।
नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठको नेतृत्वमा भएको टोलीले छलफलमा संस्थाले तिर्नुपर्ने कुल ऋण रकम, तथ्यमा एकरूपता नभएको अवस्था, ब्याज छुट वा मिनाहा सम्भावना, तथा ऋण भुक्तानी तालिका पुनःसमायोजन जस्ता विषयमा गम्भीर छलफल गरेको जनाएको छ।
आर्थिकन्यूज