काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। बैंकको केन्द्रीय कार्यालय काठमाडौं र विभिन्न प्रादेशिक कार्यालयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन्।
त्यसैगरी सिंहदरबारप्लाजामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २५० जना कर्मचारीले स्वास्थ्य परीक्षण गरेका छन्। शिविरमा सुमेरु अस्पताल जावलाखेलका विशेषज्ञ डाक्टरहरूले डायबिटिज, युरिक एसिड, आँखा परीक्षण र मृगौला परीक्षण जस्ता सेवा नि:शुल्क उपलब्ध गराएका थिए भने USG जस्ता अन्य परीक्षण सहुलियत मूल्यमा गरिएका थिए।
वि.सं. २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक आउँदो माघ १० गते आफ्नो ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्दैछ। बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाममा, दुर्गम क्षेत्रसहित, ३१३ शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटिएम र ९९ शाखा रहित बैंकिङमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
आर्थिकन्यूज