शीर्षकहरू

होटल फरेष्ट इनको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन

होटल फरेष्ट इनको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशतको ४० लाख कित्ता शेयर निष्काशन गरेको छ ।  जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको कम्पनीको सूचनामा उल्लेख छ । त्यस्तै, डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।