शीर्षकहरू

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा क्यासब्याकको अवसर

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा क्यासब्याकको अवसर

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि बिगमार्ट क्यासब्याक योजना पुनः सञ्चालन गरेको छ। यस योजना पहिलो चरणको सफलतापछि थप समयका लागि लागू गरिएको हो।

योजना अनुसार, सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट वा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्, जसको अधिकतम सीमा रु २०० तोकिएको छ। यो योजना २०८३ साल असारसम्म लागू हुनेछ।

बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन प्रोत्साहित गर्दै आएको छ।

हाल, सानिमा बैंक देशभरका सातै प्रदेशमा १३४ शाखा र १२८ ए.टी.एम.मार्फत ग्राहक सेवामा सक्रिय छ।